विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्कीले पनि दाबी पेस गरेका छन् । उनले एमालेका सांसदसहितको समर्थनमा प्रदेश प्रमुखसमक्ष बिहीबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
कार्कीलाई एमालेका ३९ र कांग्रेसका ८ सांसदसहित ४७ सांसदको समर्थन रहेको दाबी गरिएको छ । यस्तै सत्ता गठबन्धनबाट माओवादी केन्द्रका इन्द्र आङ्बोले मुख्यमन्त्री दाबी पेस गरेका छन् । यो सँगै कार्कीको दोहोरो हस्ताक्षर भएको छ । यसैबीच कांग्रेसका ८ सांसदले प्रदेश प्रमुख अगाडि नै हस्ताक्षर गरेका छन् ।





