‘चित्त दुख्छ रे उनकै’ मा सितारामसँग उषाको रोमान्स

२०८० आश्विन २७, शनिबार

काठमाडौंँ : गायक सिताराम पोखरेलको नयाँ गीत ‘चित्त दुख्छ रे उनकै’ सार्वजनिक भएको छ । प्रेमपीडा ब्यक्त गर्ने सेन्टिमेन्टल गीतका शब्द मुनाल शिशिर कोइरालाले कोरेका हुन् ।सागर शरद अधिकारीको संगीत रहेको गीतमा सञ्जय श्रीपालको एरेन्ज रहेको छ ।

गीतमा गायक पोखरलले मायालुले आफुप्रति गरेको ब्यवहारको गुनासो पोखेका छन् । गीतको भिडियोमा पनि गायक पोखरेलको अभिनय छ । उनलाई मोडलिङमा उषा उप्रेतीले साथ दिएकी छन् । भिडियो एकजोडी प्रेमीको कथामा बुनिएको छ । भिडियोमा सुजन श्रेष्ठको छायांकन र सिलन लम्सालको सम्पादन छ । सो भिडियोलाई मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।

तीन दशकभन्दा लामो समयदेखि गायनमा सक्रिय गायक पोखरेलका यस अगाडि थुप्रै गीत सार्वजनिक भएका छन् । गायनका अलवा माडलिङमा पनि सक्रिय पोखरेलका दर्जनौँ गीत हिट छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार