फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत ‘ओइ ओइ चमेली तम्रा शेरे खोइ’ सार्वजनिक

२०८३ श्रावण ७, बिहीबार

काठमाडौं : एभरेस्ट सूर्य बोहरा निर्देशित नयाँ फिल्म ‘चमेलीको पोइ’ को शीर्ष गीत-ओइ ओइ चमेली, तिम्रा शेरे खोइ..सार्वजनिक गरिएको छ ।

निर्देशक एभरेष्ट सूर्य बोहराको शब्द, राजनराज शिवाकोटीको संगीत तथा राजनराज शिवाकोटी र इन्दिरा जोशीको स्वर रहेको गीतमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राई फिचर्ड छन्। कविराज गहतराजले गीतको भिडियोको कोरियोग्राफी गरेका छन्। गीतले फिल्मको रोमान्टिक तथा मनोरञ्जनात्मक पक्षलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।

करिब डेढ दशकपछि चर्चित हास्य अभिनेता नारायण त्रिपाठी (प्रेम चरो) पुनरागमन गरेको फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, विल्सन विक्रम राई, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बबिन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायत कलाकारको अभिनय रहेको छ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको फिल्मका निर्देशक एभरेष्ट सूर्य बोहरा हुन्। फिल्मका निर्माता सुनीता सापकोटा र रामनारायण उपाध्याय हुन् भने उदय विक्रम राणा, रितु मल्ल कु“वर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्माता रहेका छन्।

सहनिर्मातामा नारायण त्रिपाठी, यमप्रसाद ओली, सुदीप कु“वर र प्रदीपकुमार सापकोटा छन्। शेरबहादुर तामाङको छाया“कन रहेको फिल्ममा कुमार महर्जनको द्वन्द्व निर्देशन, बन्देप्रसादको सम्पादन रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार