काठमाडौं : अभिनेत्री गौमाया गुरुङ विवाह बन्धनमा बाँधिएकी छन् । उनले केही दिनअघि बेलायतमा प्रेमी दिवससँग विवाह गरेकी हुन् ।
गुरुङ संस्कार अनुसार भएको विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियो । गौमायाले मंगलबार सामाजिक सञ्जालमा विवाहका तस्वीरहरू सार्वजनिक गरेकी छन् ।
आफू विवाह बन्धनमा बाँधिएको जानकारी दिँदै उनले भनेकी छन्, ‘परिवार र आफ्ना प्रियजनहरूको उपस्थितिमा मैले मेरो जीवनसाथी दिवससँग विवाह गरेँ ।’
अभिनयमा अब्बल मानिएकी गौमायाले बहुचर्चित ब्रिटिश-अमेरिकी टेलिभिजन मिनिसिरिज ‘ब्ल्याक नार्सिसस’बाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।





