१९९ इजरायली बन्धक हमासको हिरासतमा, नेपालका विपिन जोशीको अवस्था अझै अज्ञात

२०८० आश्विन ३०, मंगलवार

काठमाडौं : इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हमासले कब्जामा लिएका इजरायली बन्धकहरूको बारेमा नयाँ संख्याहरू जारी गरेको छ।

आइडीएफका प्रवक्ता डेनियल हगारीले गाजामा हमासले १९९ जनालाई बन्धक बनाएको बताएका छन् । यसअघि हिजो इजरायली सेनाले १५५ जनालाई बन्धक बनाएको बताएको थियो । प्रवक्ताले सबै बन्धकका परिवारलाई जानकारी गराइसकिएको बताए ।

गाजाको चरमपन्थी संगठन हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । हमास लडाकुहरूले इजरायली मानिसहरूलाई बन्धक बनाएर लगेका थिए।

कतारले पनि बन्धकहरुको रिहाईका लागि मध्यस्थताको प्रयास गरेको थियो तर हालसम्म बन्धकहरुलाई रिहा गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार