राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित

२०८० कार्तिक १, बुधबार

काठमाडौँ : बालबालिकालाई खुवाउने ‘राष्ट्रिय भिटामिन ए कार्यक्रम’ स्थगित भएको छ । परिवार कल्याण महाशाखा अन्तरगतको खोप शाखाका अनुसार बालबालिकाहरूका लागि हरेक वर्ष राष्ट्रिय भिटामिन ए खुवाउने कार्यक्रमको निर्धारित समय कात्तिक २ र ३ गते दसैँको बेला पर्न गएकोले उक्त कार्यक्रम स्थगित गरिएको हो ।

‘भिटामिन ए कार्यक्रम’ अब यही कात्तिक १७ र १८ गते सञ्चालन हुने महाशाखाले जनाएको छ । भिटामिन ए नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकाहरूलाई खुवाइनेछ । यस्तै १ वर्षदेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई जुकाको औषधी खुवाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार