फेवाका डुंगाचालकको मापसे जाँच

२०८० कार्तिक १, बुधबार

कास्की : चाडबाडमा फेवातालमा डुंगा चढ्नेहरुको भीड हुन्छ। तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न जानेहरुको लर्को त हुने नै भयो!

भीडभाड हुँदा डुंगा दुर्घटनाको सम्भावना पनि बढ्छ। अझ, चाडबाडको बेला डुंगाचालकले नै मादक पदार्थ सेवन गर्न बेर लगाउँदैनन्। त्यसलाई मध्यनजर गर्दै वडा प्रहरी कार्यालय बैदामको आयोजना तथा अस्थायी ट्राफिक प्रहरी पोष्ट बैदामको सहकार्यमा बुधबार फेवातालमा डुंगाचालकहरूले मादक पदार्थ सेवन गरे/नगरेको सम्बन्धमा चेकजाँच गरिएको कास्की प्रहरीले जनाएको छ।

चेकजाँचको क्रममा कैफियत नभेटिए पनि सचेत गराइएको र डुंगामा सवार यात्रुहरुलाई अनिवार्य लाइफ ज्याकेट प्रयोग गर्न सुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार