ओली भोलि झापा जाँदै, यसवर्ष दसैँको टीका नलगाउने

२०८० कार्तिक २, बिहीबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपटकको विजया दशमीको टीका नलगाउने भएका छन् । ठूलीआमाको यसैवर्ष निधन भएकाले ओली परिवारमा टीकाटालो नहुने सचिवालयले जनाएको छ ।

आफूले टीका नलगाउने भएपछि उनले कार्यकर्तालाई पनि नलगाइदिने भएका छन् । भोलि झापा जाने तयारीमा रहेका उनी नवमीको दिन काठमाडौं फर्किने सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

ताजा समाचार