सरकारले घटायो जिउँदो खसी र च्याङ्ग्राको मूल्य

२०८० कार्तिक २, बिहीबार

काठमाडौँ : सरकारले भोलिदेखि लागू हुने गरेर जिउँदो खसी र च्याङ्ग्राको बिक्री मूल्य घटाएको छ । जिउँदो खसीको मूल्य प्रतिकिलो २० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो २५ रुपैयाँ घटाएको हो । चाडपर्वको बेला उपभोक्तालाई अझ सहज होस भनि सरकारले खसी तथा च्याङग्रा खरिदमा अझ सहुलियत दिएको छ ।

सरकारले सहुलियत दिएको जिउँदो खसीको मूल्य प्रति किलो ६७०/- बाट अझ सहुलियत दिँदै प्रतिकिलो ६५०/- र च्याङग्रा प्रतिकिलो १२५०/- बाट प्रति किलो १२२५/- कायम गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0

ताजा समाचार