काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १८ सय रूपैयाँले बढेको छ । बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँ कायम भएकोमा आज १ हजार ८ सय रूपैयाँले बढेर १ लाख १५ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ कायम भएको छ ।
बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १४ सय रूपैयाँ कायम भएको छ ।





