काभ्रेमा तास खेलिरहेका ८ जना पक्राउ

२०८० कार्तिक ८, बुधबार

काभ्रे : काभ्रेको नमोबुद्धबाट प्रहरीले तास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ।

गएराति डेढ बजे नमोबुद्ध नगरपालिका १० पुरानो गाउँस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए। उनीहरुको साथबाट एक लाख ५३ हजार चार सय ७० रुपैयाँ र ६ बुक तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार