काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने चीन भ्रमणमा जाने भएका छन् । सभापति लामिछाने साउन अन्तिम सातामा चिन भ्रमणमा जाने तयारी रहेको रास्वपा स्रोतले बतायो । स्रोतका अनुसार चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल लिएर उनी बेइजिङ जानेछन् ।
यसअघि दिल्लीमा भारतीय प्रधानमनत्री नरेन्द्र मोदीसहित उच्च तहका नेतृत्वसँग भेटेर फर्केका लामिछानेले चीनमा पनि उच्च तहका नेतृत्वहरुसँग भेट हुने गर्ने स्रोतको दाबी छ ।
उनको भ्रमण कति दिनको हुने र प्रतिनिधिमण्डलका सदस्यहरुको नाम भने खुलाइसकेको छैन ।





