डल्फिन क्षेत्रबाट अजिङ्गरको उद्धार

२०८० कार्तिक १२, आईतवार

धनगढी : कैलालीको टीकापुर नगरपालिका –७ बैदी डल्फिन क्षेत्रस्थित खेतबाट घाइते अजिङ्गरको आज उद्धार गरिएको छ ।

स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गाना, क्षेत्रराज रेग्मी, कुस्माकर न्यौपाने लगायतकाले अजिङ्गरको उद्धार गरेका हुन् । घाइते अजिङ्गर धान काटेको खेतमा फेला परेको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहेका संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए । उनका अनुसार अजिङ्गरको टाउकोमा चोट लागेको छ । उद्धार गरिएको अजिङ्गर डेढ मिटर लामो र १० केजी तौलको रहेको जनाइएको छ । अजिङ्गरको पशु प्राविधिक एवम् संरक्षणकर्मी प्राङ्कुश चौधरीले उपचार गरे।

उपचार पश्चात् अजिङ्गरलाई सत्ती कर्णाली सामुदायिक वनमा छोडिएको ढुङ्गानाले बताए । केही दिनअघि पनि सो नगरपालिकामा रहेको धान खेतमा घाइते अवस्थामा वयस्क अजिङ्गर फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार