काठमाडौँ :अब ट्रफिक प्रहरीको चेकिङमा पर्दा नागरिक एप मै रहेको सवारी चालक अनुमति पत्र (लाईसेन्स) मोबाईलबाट देखाउँदा पनि हुने भएको छ । ट्राफिक प्रहरीले नागरिक एपमा भएको अफ्नो लाईसेन्सलाई नै मान्यता दिएको एपले जनाएको छ ।
एपले भनेको छ ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। ‘ ट्राफिक नियम उल्लंघन गर्दा भने नागरिक एपको लाईसेन्स देखाएर मान्य हुने छैन ।






