बोलिभियाद्वारा इजरायलसँग सम्बन्ध अन्त्यको घोषणा

२०८० कार्तिक १५, बुधबार

काठमाडौँ : ल्याटिन अमेरिकी मुलुक बोलिभियाले इजरायलसँग सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ। गाजामा इजरायलको सैन्य अभियानलाई ध्यानमा राख्दै बोलिभियाले इजरायलसँगको कुटनितिक सम्बन्ध तोड्ने घोषणा गरेको हो। बीबीसीका अनुसार बोलिभियाका उप विदेश मन्त्री फ्रेडी ममानीले इजरायलको कदमलाई ‘आक्रामक र असङ्गत’ संज्ञा दिएका छन्।

बोलिभिया ल्याटिन अमेरिकाको पहिलो मुलुक हो, जसले हमास–इजरायल सङ्घर्षका कारण इजरायलसँग सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ। बोलिभियाले सङ्घर्षविरामको अपील गरेको थियो र गाजामा मानवीय सहायता पठाउने पनि बताएको थियो।

बोलिभियाले यसअघि पनि गाजापट्टीलाई लिएर इजरायलसँग सम्बन्ध अन्त्य गरिसकेको छ। करिब एक दशक अघि इजरायलसँग सम्बन्ध अन्त्य गरेपछि २०१९ मा दुबै मुलुकबीच दोहोर्याएर कुटनितिक सम्बन्ध कायम भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार