रिगललाई बाँके कारागार पठाइयो

२०८० कार्तिक १७, शुक्रबार

काठमाडौँ : योगराज ढकाल ‘रिगल’ लाई थप सजाय भुक्तान गराउन जिल्ला अदालत बाँके पठाइएको छ। सर्वोच्च अदालतको आदेशपछि बिहीबार पक्राउ परेका रिगललाई प्रहरीले शुक्रबार अदालतमा पेश गरेको थियो। जिल्ला अदालत बाँकेले रिगललाई जिल्ला कारागार पठाएको हो।

जिल्ला अदालतका सहसिलदार प्रेमराज खनियाले रिगललाई कारागार चलान गरिएको बताए। ‘रिगलले अब ११ वर्ष ११ महिना ५ दिन थुनामा बस्नुपर्ने हुन्छ। रिगल गत असोज ३ गते संविधान दिवसका दिन जेलबाट छुटेका थिए। सरकारको सिफारिसमा उनलाई राष्ट्रपतिले कैद मिनाहा गरिदिएका थिए। उनको कैद मिनाविरूद्ध सर्वोच्चमा रिट परेको थियो।

रिगलले ०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए। सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार