काभ्रेको रोशीमा कार दुर्घटना, ४ जना घाइते

२०८० कार्तिक १७, शुक्रबार

काभ्रे : बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका वडा नं ८, चारसयवेशीमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । शुक्रबार अपरान्ह करिब १२ः१५ बजेको समयमा महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर०६डीई४३११ को कार अनियन्त्रित भइ सडकबाट अन्दाजी १५ मिटर तल रोशी खोलामा खसेको थियो । दुर्घटनामा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयका अनुसार, दुर्घटनामा परी महोत्तरी जिल्लाको गौशला नगरपालिका वडा नं ५ का २३ वर्षिय धिरेन्द्र चौधरी, २० वर्षीय खुश्बु चौधरी, १९ वर्षीय प्रमिका चौधरी र १९ वर्षीय अञ्जली चौधरी घाइते भएका छन् । घाइतेहरुको जिल्ला स्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको अवस्थामा मध्यम रहेको अस्पतालले जानकारी दिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार