भूकम्पबाट आंशिक क्षति भएका घरपरिवारले पनि ५० हजार रुपैयाँ पाउने

२०८० कार्तिक २७, सोमबार

काठमाडौँ : सरकारले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण पूर्ण र आंशिक क्षति भएका घर परिवारलाई अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैयाँ प्रदान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ण र आंशिक क्षति भएका घरपरिवारलाई प्रति घर ५० हजार रुपैयाँ दिने निर्णय भएको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

‘अस्थायी आवास व्यवस्थापनका लागि पूर्ण र आंशिक क्षति भएका बस्न योग्य नभएका घरहरूको लागि ५० हजारका दरले रकम उपलब्ध गराउने निर्णय भएको छ’, मन्त्री ज्वालाले मन्त्रिपरिषद् बैठकको निर्णय उद्धृत गर्दै भने, ‘वडाले सिफारिस गरेका घर हुनुपर्‍यो र ती लगभग ६२ हजार घर भएको बुझिएको छ ।’

त्यस्तै संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको ८ अर्ब २५ करोड र सरकारले १ अर्ब ७५ करोड थपेर १० अर्ब रकम भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार