धनुषामा रेलले किचेर एक जनाको मृत्यु

२०८० कार्तिक २८, मंगलवार

जनकपुरधाम : जनकपुर-जयनगर रेलमार्गमा किचिएर एक जनाको मृत्यु भएको छ ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए । रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।

मृतकको सनाखत भएको छैन । प्रहरी घटनास्थल पुगेर मुचुल्का गरिरहेको डीएसपी अवाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार