सिन्धुपाल्चोकमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२०८० कार्तिक ३०, बिहीबार

काठमाडौं : सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–५, कामीटोलमा बुधबार मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रेको पनौती नगरपालिका–३, थापागाउँ बस्ने ३५ वर्षीय राजु श्रेष्ठ रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कामीटोलमा–कल्लेरीबाट चौतारा जाँदै गरेको बा २ ख ८२१३ नम्बरको खाली मिनि ट्रक आफैँ नियन्त्रित भइ सडकबाट ५०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार