सदस्यसचिवमा आठ जनाको प्रतिस्पर्धा

२०८० मंसिर २, शनिबार

काठमाडौँ : प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सदस्यसचिव पदका लागि आठ जनाबिच प्रतिस्पर्धा हुने भएको छ ।

सदस्यसचिव पदका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गरेको थियो । मन्त्रालयले आवेदकमध्येबाट छानिएका आठ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि मिति तोकेको छ । मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्धन शाखाका अनुसार उनीहरूलाई मङ्सिर ८ गते प्रस्तुतीकरण र अन्तर्वार्ताको मिति तय गरिएको छ ।

सदस्यसचिवको छोटो सूची (सर्ट लिस्टिङ) मा परेकामा अरविन्दकुमार चौधरी, महेश भट्टराई, भुवनेश्वर ढुङ्गाना, टेकबहादुर मल्ल, नलराम देवकोटा, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य परेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार