कांग्रेस प्रदेश सांसद पराजुलीको १९औं दण्ड प्रणाम यात्रा

२०८० मंसिर ३, आईतवार

विराटनगर : कोशी प्रदेशका सांसद  भीम पराजुलीले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । यो उनको १९ औं पटकको दण्ड प्रणाम यात्रा हो ।

बौद्धिक सनातनी धर्म चाहिने बताउँदै उनले भने,‘हिजोको मेरो एजेन्डा पनि हो, छैठी मातासँग मेरो अहिले पनि प्रार्थना छ ।’ मुलुकको शान्ति विकास र समबृद्धिका लागि कामना गरेर १९ औं पटक दण्ड प्रणाम  यात्रा गरेको उनले बताए । दण्ड प्रणाम यात्राका लागि उनी शनिबारदेखि व्रत बसेका थिए । २०४८ सालदेखि छठी माताको उपासना गरे पनि बुवा र दुइ दाजुको निधनका कारण तीन वर्ष रोकिएको उनले बताए ।

विराटनगर महानगरपालिका–३ ठुलो मिल चोकमा रहेको शिव पाञ्चायन मन्दिरमा पूजा गर्दै उनले सिंघिया खोलामा राखिएको पूजा स्थलसम्म झन्डै साढे ३ किलोमिटर दण्ड प्रणाम गर्ने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार