काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरेका हुन्।
राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए। राष्ट्रपति पौडेल गुहृेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीले स्वागत गरेका थिए।
त्यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा गरेको उनको सचिवालयले जनाएको छ।





