रुकुम पश्चिम जिप दुर्घटनामा घाइते ओलीको मृत्यु

२०८० मंसिर ४, सोमबार

सुर्खेत : सोमवार बिहान भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली रहेका छन् ।

ओलीको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार