नेपाल-यमन बीचकाे खेलका दर्शकलाई निःशुल्क बसको ब्यवस्था

२०८० मंसिर ५, मंगलवार

काठमाडौं : आज नेपाल र यमनका बीचमा फुटबल प्रतिस्पर्धा हुँदैछ। साँझ ७ बजेबाट खेल सुरु हुने भएकाले फर्कन असहज नहोस भनेर १५ वटा बस निःशुल्क सञ्चालन गर्ने भएको छ। फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गत दोस्रो खेलमा नेपालले यमनसँग प्रतिस्पर्धा गर्न लागेको हो।

‘एन्फाले यमन विरुद्धको खेलपछि फ्यानहरूलाई घर फर्कनका लागि १५ वटा बसको व्यवस्था गरेको छ,’ एन्फाले सोमबार साँझ भनेको छ, ‘फ्यानहरूले बसमा यात्रा गर्न आफ्नो खेलको टिकट देखाउनु पर्छ।’ अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सो खेल साँझ ७ बजेदेखि दशरथ रंगशाला, त्रिपुरेश्वरमा हुनेछ। आजको खेलका लागि ४ सय र १ हजारका दरले टिकट खुलाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार