विश्वकप छनोट : घरेलु मैदानमा यमनसँग नेपाल स्तब्ध

२०८० मंसिर ५, मंगलवार

काठमाडौँ : विश्वकप छनोट फुटबल प्रतियोगिताको दोस्रो चरणको खेलमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । नेपाली टोली मंगलबार घरेलु मैदानमा खेलिएको खेलमा पाहुना टोली यमनसँग २—० गोलले पराजित भएको हो ।

समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार भन्दा बढी दर्शकमाझ घरेलु मैदानमा नेपालले यमनविरुद्ध सन्तोषजनक प्रदर्शन गर्न सकेन । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ भएको खेलमा यमनसँग नेपाल २–० ले पराजित भएको हो। खेलको ७३ औं मिनेटमा यमनले पहिलो गोल गर्दै अग्रता लिएको थियो। त्यस्तै, अन्तिम समयमाा यमनले एक गोल थप्दै २ गोल बनाएको हो।

नेपाल रहेको समूह एचमा यमनसँगै बहराइन र यूएई छन्। होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार