दयाहाङ र मिरुनाको ‘कबड्डी ४’ लाई युट्युवमा करोड भ्युज

२०८० मंसिर ६, बुधबार

काठमाडौँ : दयाहाङ राई र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘कबड्डी ४’ लाई युट्युवमा करोड पटक हेरिएको छ। रामबाबु गुरुङ निर्देशित यस फिल्मलाई युट्युवमा १ करोड ५७ लाख बढी भ्युज मिलेको हो।

गत वर्षको जेठ १३ गते प्रदर्शन भएको यस फिल्मले राम्रो व्यापार गरेको थियो। नेपाली इतिहासमा कबड्डी ४ सर्वाधिक कमाई गर्ने नेपाली फिल्म समेत हो। फिल्ममा दयाहाङ र मिरुनाका साथै सौगात मल्ल, विजय बराल, बुद्धि तामाङ, गौमाया यात्री, पुष्कर गुरुङ, कविता आले लगायतको अभिनय छ। बासुरी फिल्म्सको ब्यानरमा बनेको फिल्मको निर्माता मणिराम पोखरेल हुन्। युट्युवअघि यो फिल्म सिनेमाघर एपमा समेत रिलिज भएको थियो।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको यो फिल्म कबड्डीको चौथो सिरिज हो। यसअघि रिलिज भएका फिल्मको तीन सिरिजमा पनि दयाहाङको नै मुख्य भूमिका थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार