हाम्रो प्रदर्शन सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ : युवा संघ

२०८० मंसिर ७, बिहीबार

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले शक्ति प्रदर्शन गर्ने दिन आजै (मंसिर ७ गते) एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले पनि कार्यक्रम राखेर प्रतिवाद गर्न खोजेको चर्चा भइरहेका बेला यसका अध्यक्ष क्षितिज थेवेले भने आफूहरूको आन्दोलन सरकारविरुद्ध भएको बताएका छन्।

युवा संघले आज काठमाडौँको तीनकुनेमा विरोध कार्यक्रम आयोजना गर्दैछ भने प्रसाईंको समूहले बल्खुमा। एकअर्कालाई आरोप प्रत्यारोप गरिरहेका यी दुई समूहबीच झडप हुनसक्ने भएकाले काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ।

कार्यक्रमअघि बिहीबार बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संघका अध्यक्ष थेवेले आफूहरूको कार्यक्रम प्रचार गरिएजस्तो कुनै समूह विशेषविरुद्ध नभई सरकारलाई ‘ठीक ठाउँमा ल्याउन’ भएको दाबी गरेका हुन्। हामीले आज आमसभा भनेका छैनौँ, जनप्रदर्शन भनेका छैनौँ। यहाँ आफ्ना अभीष्ट पूरा गर्न गलत प्रचार गरिएको छ’, उनले भने, ‘सरकारलाई ठीक ठाउँमा ल्याउन प्रदर्शन गर्दै छौँ।’ आफूहरूको आजको कार्यक्रम नेपाल, नेपाली र संघीय गणतन्त्रको रक्षाका निम्ति भएको उनको दाबी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार