युवा संघ र दुर्गा प्रसाईं समूहको प्रदर्शनले सर्वसाधारणलाई सास्ती

२०८० मंसिर ७, बिहीबार

काठमाडौं : एमालेको भातृसंगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहको शक्ति प्रदर्शनका कारण सर्वसाधारणले सास्ती भोग्नुपरेको छ। तिनकुने र बल्खु क्षेत्रमा शक्ति प्रदर्शन गरेपछि लामो तथा छोटो दूरीमा हिँडेका सर्वसाधारणको अवस्था सास्ती भोग्नुपरेको हो।

शक्ति प्रदर्शनका कारण ट्राफिक अस्तव्यस्त भएपछि सर्वसाधारणहरू पैदल हिँड्न बाध्य भएका थिए। प्रदर्शनकारीहरूले फुटपाथमै मोटरसाइकल र गाडी पार्किङ गरेपछि पैदल यात्रुलाई समेत सास्ती भोग्नुपरेको थियो। युवा संघले तिनकुने-गैह्रीगाउँको बीच सडकमै आमसभा गरेको थियो भने प्रसाईं समूहले बल्खु चोकमै आमसभा गर्दा सर्वसाधारणले सास्ती भोगेका हुन्।

युवा संघले सरकारको बेथितिविरुद्ध आन्दोलन गरेको हो भने प्रसाईं समूहले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको मागसहित प्रदर्शन गरेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार