स्नान गर्नेक्रममा नदीमा श्रेष्ठ बेपत्ता

२०८० मंसिर ७, बिहीबार

तनहुँ : ठुलो एकादशी अवसरमा दमौलीस्थित मादी नदीमा स्नान गर्नेक्रममा तनहुँमा एक जना भक्तजन नदीमा बेपत्ता  भएका छन् ।

व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सी बस्ने वर्ष ९२ को गणेशकुमार श्रेष्ठ बिहीबार बिहान बेपत्ता  भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकृतसहितको टोली खटिई सो नदीमा खोजतलास गरिरहेको, हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार