बैंक तथा वित्तीय संस्थामा एकैदिन ६ अर्ब निक्षेप थपियो, कर्जा लगानी भने घट्यो

२०८० मंसिर ८, शुक्रबार

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा एकैदिनमा ६ अर्ब निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंसिर ४ गते ५९ खर्ब २९ अर्ब रुपैयाँ रहेको निक्षेप रहेकोमा मंसिर ५ गते ५९ खर्ब ३५ अर्ब रुपैयाँ पुगेको हो ।

निक्षेपमा वृद्धि भएपनि यो अवधिमा कर्जाको मागमा भने कमी आएको छ । तथ्यांक अनुसार अघिल्लो दिनको तुलनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी एक अर्बले खुम्चिएको छ ।

बैंक तथा वित्तीय संस्थाले मंसिर ५ गते ४९ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा लगानी गरेको तथ्यांकले देखाउँछ जबकि अघिल्लो दिन मंसिर ४ गते बैंक तथा वित्तीय संस्थाले ४९ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै बैंकहरुको कर्जा निक्षेप अनुपात ८१‍.०५ प्रतिशत रहेको छ भने अन्तर बैंक ब्याजदर २.२८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार