स्काउटको निर्वाचन मिति ताेकियाे

२०८० मंसिर ८, शुक्रबार

काठमाडौँ : स्काउटको निर्वाचन मिति ताेकियाेकाठमाडौं : नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन मिति तोकिएको छ ।

आश्विन २९ गते सोमबार बसेको नेपाल स्काउट, राष्ट्रिय तदर्थ समितिको बैठकको निर्णयानुसार नेपाल स्काउट ऐन २०५०, नेपाल स्काउट नियमावली २०७७ र नेपाल स्काउट निर्वाचन निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिम नेपाल स्काउटको तीन परिषद्को निर्वाचनको मिति तोकेको हो ।

स्थानीय परिषद्को निर्वाचन आगामी पौष २७ देखि २९ सम्म तथा प्रदेश परिषद्हरु र राष्ट्रिय परिषद्को निर्वाचन आगामी माघ ०६ गते गर्ने गरी तोकिएको स्काउटले जनाएको छ ।

उक्त निर्वाचनमा भाग लिनका लागि राष्ट्रिय प्रशिक्षक, सहायक राष्ट्रिय प्रशिक्षक तथा स्काउटरहरुलाई आगामी मंसिर ३० गते भित्र नेपाल स्काउटको अनलाइन सदस्यता दर्ता र्पोटल ओएमआरएसमा आफू र आफ्नो युनिट दर्ता गराउनुपर्नेछ ।

मंसिर ३० भन्दा पछि दर्ता हुन आएका युनिटका स्काउटरहरुलाई निर्वाचन प्रक्रियामा सहभागी गराउन नसकिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार