आकाशमा समस्या भएको श्री एयरलाइन्सको विमान काठमाडौंमा सुरक्षित अवतरण

२०८० मंसिर ८, शुक्रबार

काठमाडौँ : काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ । समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।

उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।

प्राविधिक समस्या उत्पन्न भएको विमानका  यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर  गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार