तम्घास : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारीले भ्रष्टाचारीले छुट नपाउने बताएका छन् ।
नेपाली कांग्रेस गुल्मीको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा धेरै भ्रष्टाचारी मौलाएको भन्दै अब यी भ्रष्टाचारीले छुट नपाउने दाबी गरे। नेपालको रोग नै भ्रष्टाचार भएको भन्दै भ्रष्टाचारीहरूलाई ठेगान नलगाएसम्म विकास सम्भव नभएको उनको भनाइ छ।
शक्तिको आडमा रहेर भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नभएको भन्दै भ्रष्टाचार गर्ने व्यक्तिलाई तीन पुस्ता पछिसम्म पनि नछाडने उनले उद्घोष गरे। पछिल्लो समय राजनीतिमा व्यक्तिवादी हाबी भएको भन्दै देशको चिन्ता गर्ने दल र नेता नभएको भन्दै उनले चिन्ता व्यक्त गरे। व्यक्तिवादी हाबी रहँदा देशको विकास नहुने उनको तर्क छ।
नेपाली कांग्रेस गुल्मीको जिल्ला सम्मेलन दुई दिनसम्म चल्ने छ। सम्मेलनले पार्टीको आगामी कार्यदिशा र गुल्मी घोषण पत्र जारी गर्ने नेपाली कांग्रेस गुल्मीले जनाएको छ।





