७९ जना बालिकाको सामूहिक बेलविवाह

२०८० मंसिर ११, सोमबार

काठमाडौं : काठमाडौँ महानगरपालिका १९ नं. वडा को सहकार्यमा ज्यापु मिसा: पुचःले इहि संस्कार (बेलविवाह)को आयोजना गरेको छ ।

नेवार समुदायमा रजस्वला हुनुअघि बेलविवाह गर्ने परम्परा रहेको छ । आयोजक बिणा महर्जनका अनुसार बेलविवाह गरेका कन्यालाई यस पश्चात् कुमारी पूजामा समावेश गराइँदैन । उनका अनुसार बेलविवाहमा कन्याका बुवाले कन्यादान गरे पश्चात् इहि (बेलविवाह) सम्पन्न हुन्छ ।

यस संस्कारमा बेललाई विष्णुको प्रतीक मानेर विवाह गर्ने चलन छ । यस्तै,  गुफा राख्ने पनि चलन छ । यस संस्कारमा सूर्यसँग पनि विवाह गराउने चलन छ । नेवार महिलाको श्रीमानको मृत्यु भए पनि विधवा नहुने मान्यता छ । कामपा १९ वडा अवस्थित कंकेश्वरीको मन्दिरको प्राङ्गणमा ७९ जना बालिकाकाे सामूहिक इहि गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार