सांसद महराको धनमाल चोरी

२०८० मंसिर १२, मंगलवार

काठमाडौं : काठमाडौँ महानगरपालिका घट्टेकुलोबाट राष्ट्रिय सभाका सांसद महेशकुमार महराको केही धनमाल चोरी भएको छ ।

आज (मङ्गलबार) बिहान घट्टेकुलोस्थित पसलको सटर खोल्ने क्रममा उनकी पत्नीले पसलअगाडि राखेको सुनको सिक्री, मोबाइलसहितको झोला अपरिचित व्यक्तिले चोरी गरी लगेको सांसद महराले जानकारी दिए ।

“पत्नीले पसलको एउटा सटर खोलेर अर्को सटर खोल्ने क्रममा भुईँमा राखेको उक्त झोला अपरिचित व्यक्तिले तत्कालै उठाएर भागेको थियो”, उनले भने । उक्त घटनाका बारेमा प्रहरीले सिसी टिभी फुटेजका आधारमा अनुसन्धान गरिरहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार