कैलाली : कैलालीका एक युवकको हत्या गरिएको छ । जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका सामूहिक कुटपिट गरेर घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको हत्या गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।
विवाहमा गएका बेला उनको हत्या गरिएको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट गम्भीर घाइते भएका अधिकारीलाई उपचारको लागि लम्कीको लालरत्न अस्पतालमा लगिएको थियो । अस्पतालले नेपालगन्ज मेडिकल कलेज रेफर गरेको थियो ।
त्यसै गरी सोही ठाउँका २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।





