वायुसेवा निगमका अध्यक्षलाई सोधियो सात दिने स्पष्टीकरण

२०८० मंसिर १५, शुक्रबार

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई सात दिने स्पष्टीकरण सोधेको छ।

प्राधिकरणले निगमकै सुरक्षा व्यवस्थापनको कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको उल्लेख गर्दै कार्यकारी अध्यक्षलाई स्पष्टीकरण सोधेको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले नियामको निर्देशन पालना नगरेको र निगमभित्रको कमजोरीमा सुधार नगरेको बताएका छन्। प्राधिकरणले यसअघि सोधेका स्पष्टीकरणमा जनाएका प्रतिबद्धता पालना नगरेकाले अन्तिमपटक स्पष्टीकरण सोधेको जानकारी दिए।

त्यस्तै प्राधिकरणले वायुसेवा निगमले त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवा खोसेको छ। प्राधिकरणले खुला प्रतिस्पर्धाबाट नयाँ कम्पनी नियुक्त गर्ने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार