इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा ११ जनाको मृत्यु, १२ बेपत्ता

२०८० मंसिर १८, सोमबार

काठमाडौँ : इन्डोनेसियाको माउन्ट मारापीमा ज्वालामुखी विस्फोट हुँदा ११ पर्वतारोहीको मृत्यु भएको छ।

ज्वालामुखी बिस्फोटपछि १२ जनाभन्दा बढी पर्यटक बेपत्ता भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ। अधिकारीहरूका अनुसार पश्चिमी सुमात्रामा आइतबार ज्वालामुखी विस्फोट हुँदा उक्त क्षेत्रमा करिब ७५ जना थिए।

पदाङ खोज एवं उद्धार एजेन्सीका प्रमुख अब्दुल मलिकले भने, ‘त्यहाँ २६ व्यक्ति छन् र उनीहरूलाई बाहिर निकालिएको छैन, तीमध्ये तीन जना जीवित र ११ मृतकसहित १४ जनालाई फेला पारेका छौँ।’

आइतबार भएको विस्फोटको भिडियो फुटेजमा ज्वालामुखीको खरानीको ठूलो बादल आकाशमा फैलिएको तथा कार तथा सडक भग्नावशेषले ढाकेको देखाइएको छ।
अल जजिराका अनुसार सोमबार एउटा सानो विस्फोटका कारण उद्धारकर्मीहरूलाई आफ्नो उद्धार अभियान स्थगित गर्नुपरेको थियो।

इन्डोनेसियाको ज्वालामुखी एजेन्सीका अनुसार दुई हजार आठ सय ९१ मिटर उचाइको माउन्ट मारापीसहित इन्डोनेसिया प्रशान्त महासागरको कथित ‘रिङ अफ फायर’ मा अवस्थित छ। यहाँ एक सय २७ सक्रिय ज्वालामुखी छन्। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार