चेकजाँचका क्रममा प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

२०८० मंसिर १८, सोमबार

काभ्रे : जिल्ला प्रहरी कार्यालय काभ्रेले सवारी चेकजाँचको क्रममा घुस दिन खोज्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले काभ्रेभन्ज्याङबाट काभ्रेको रोशी गाउँपालिका-८ बस्ने सानुकान्छा तामाङलाई उनले चलाएको स्कुटीसहित नियन्त्रणमा लिएको हो ।

सोमबार अस्थायी प्रहरी पोष्ट ट्राफिक प्रहरीसहितको संयुक्त चेकिङको क्रममा तामाङ पक्राउ परेका हुन् । बा.प्र.०२–०३७ प ०९९७ नं.को स्कुटीमा धुलिखेलबाट भकुण्डेतर्फ जाँदै गरेका तामाङलाई प्रहरीले सवारी चालक अनुमति पत्र मागेको थियो ।

सो क्रममा उनले पटक– पटक ‘मेरो लाइसेन्स यो हो भनि बिलबुक भित्र एक हजार राखेर दिन खोजेका थिए । ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभन देखाई प्रभावमा पारी कर्तव्यपथबाट बिचलित गर्न दुरुत्साहान गरिएको अभियोगमा उनलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार