चन्द्रपुरको बौद्ध बिहारमा २ करोड खर्च गरेर बुद्धको मूर्ति स्थापना

२०८० मंसिर १९, मंगलवार

रौतहट : थाइल्याण्ड सरकारको सहयोगमा रौतहटको चन्द्रपुर नगरपालिका १ मा रहेको गोल्मा राजा बौद्ध बिहारमा बुद्धको मूर्ति स्थापना गरिएको छ। झण्डै २ करोडको लागतमा बनेको बुद्धको मूर्ति बनाउँन थाइ सरकारले सहयोग गरेको हो।

नेपाली सेना तथा स्थानीय बासिन्दाको पहलमा बिहारमा साडे ९ फिट उचाई भएको बुद्धको मूर्ति स्थापना गरिएको चन्द्रपुर १ का पूर्ववडाध्यक्ष बिरु रखालले जानकारी दिए। सो स्थानमा रहेको गोल्मा राजाको दरबारको भग्नावषेशलाई पुनर्निर्माण गरेर बिहार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले बुद्धको मूर्ति स्थापना गरिउको उनले बताए।

उक्त स्थानमा करिक ३ सय वर्ष पहिला सेन बंशका राजाको दरबार रहेको इतिहारकारहरुको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार