ताप्लेजुङ : भीरबाट खसेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका वडा नं ६ मेहेलेमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा साविक मेहले ७ का ५४ बर्षिय बुद्धिमान परियार रहेको स्थानीयले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक समेत रहेका सूचना अधिकारी तथा प्रवक्ता कमलकुमार लुङ्गेलीले शव पोष्टमार्टका लागि सिरिजङ्गा गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक ल्याईदै गरेको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको र बिस्तृत बिबरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।





