रास्वपाका मनोनीत केन्द्रीय सदस्यको शपथ आज, सचिवालय बैठक बस्ने

२०८० मंसिर २०, बुधबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हालै मनोनीत केन्द्रीय सदस्यहरुले बुधबार शपथ ग्रहण गर्दैछन् । पार्टी विधानको व्यवस्थाबमोजिम रास्वपाका सभापति रवि लामिछानेले मनोनीत केन्द्रीय सदस्यहरुलाई शपथ गराएर जिम्मेवारी तोक्ने तयारीमा छन् ।

रास्वपाकी केन्द्रीय सदस्य एवम् सहप्रवक्ता प्रतिभा रावलले मनोनीत सदस्यहरुको शपथ ग्रहण र त्यसपछि सचिवालयको पहिलो बैठक बसेर जिम्मेवारी प्रदान गर्ने तयारी रहेको जानकारी दिइन् । रास्वपाले केही दिनअघि महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले प्रतिनिधिसभाको सदस्य रहेका १४ जना नेताहरुलाई पार्टीको केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।

बुधबार मनोनीत सदस्यहरुले शपथ ग्रहणपछि बेलुका ५ बजे बस्ने बैठकले पार्टीको विभिन्न विभागको कार्यविधि अनुमोदन गर्ने कार्यक्रम समेत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार