एमालेप्रति जनताको विश्वास छ : अध्यक्ष ओली

२०८० मंसिर २०, बुधबार

गुल्मी : पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेप्रति जनताको विश्वास भएको बताएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा’ को सातौँ दिन आज गुल्मीको वामीटक्सारमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले देशको कुन ठाउँमा के समस्या छ, जनताको समस्या के छन्, जनताका मागहरू सम्बोधन र विकासको कामका लागि जनताका सुझावहरू सङ्कलन गर्न सङ्कल्प यात्रा तय गरिएको बताए ।

सरकारको तर्फबाट भूकम्पपीडितका लागि पर्याप्त काम नभएको भन्दै तत्काल सरकारले भूकम्पपीडितका लागि सही व्यवस्थापन र पुनः निर्माणको काम अविलम्ब गर्नुपर्ने बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउन एमाले अगाडि बढेको चर्चा गरे । समृद्ध नेपाल, सुखी नेपाली बनाउन एमालेले एकल बहुमत आवश्यक रहेको बताए।

देशको भविष्य, सुरक्षा, राष्ट्रियता, सुशासन र विकासका लागि एमालेले एकल बहुमत ल्याएमा मिसन ८४ सफल हुने विश्वास व्यक्त गरे । एमाले देश र जनताको काम गर्ने पार्टी भएकाले जनताको सहयोग आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार