प्रधानमन्त्री प्रचण्डसँग वरिष्ठ अमेरिकी अधिकारी लाउबाचरको शिष्टाचार भेट

२०८० मंसिर २१, बिहीबार

काठमाडौँ : नेपाल भ्रमणमा रहेकी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्‌की वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचरले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्ड भेट्न वरिष्ठ निर्देशक रियर लाउबाचर प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्।

भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। दक्षिण एसिया क्षेत्र हेर्ने अमेरिकी अधिकारी लाउबाचर एयर इन्डियाको उडानबाट बुधबार बिहान काठमाडौँ आइपुगेकी थिइन्।

यसअघि बुधबार उनले प्रधान सेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार