बढ्यो सुनको मूल्य

२०८० मंसिर २१, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ । बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर १ लाख १८ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १४ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार