अशोकराज सिग्देल रथीमा बढुवा, अगामी भदौमा प्रधान सेनापति बन्ने

२०८० मंसिर २१, बिहीबार

काठमाडौं : नेपाली सेनाका उपरथी अशोकराज सिग्देल रथीमा बढुवा भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय भएको बताइन्।

मंसिर १७ गते सिग्देललाई रथीमा बढुवा गर्न भन्दै नेपाली सेनाले सिफारिस गरेको थियो। सिग्देल रथीमा बढुवा भएसँगै भावि प्रधान सेनापति बन्ने भएका छन्। हालका प्रधान सेनापछि प्रभुराम शर्मा आगामी भदौमा अवकाशमा जाँदैछन्। त्यसैगरी मन्त्रिपरिषद् बैठकले सहायक रथी सन्तोषबल्लभ पौडेललाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार