परासी : विद्यार्थीलाई निर्घात कुटपिट गर्ने शिक्षकविरुद्ध पश्चिम नवलपरासी प्रहरीले मुद्दा दायर गरेको छ । जिल्लाको सरावल गाउँपालिका-७ स्थित बर्दघाट कालिका ईङ्गलिस बोर्डिङ्ग स्कुलका सहायक प्रधानाध्यापक निरञ्जन यादवलाई पक्राउ गरेर बालबालिका सम्बन्धि ऐन २०७५ को दफा ७२ अनुसार बालबालिका सम्बन्धी कसुरमा मुद्दा दायर गरेको प्रहरीले जनाएको छ ।





