नौ प्रतिशत लाभांश वितरण गर्ने ग्लोबल आईएमई बैंकको घोषणा

२०८० मंसिर २८, बिहीबार

काठमाडौं : ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरुलाई सेवा पुर्‍याउने प्रमुख प्राथमिकता ग्लोबल आईएमई बैंकको रहेको बताएका छन् ।

बिहीबार ग्लोबल आईएमई बैंकको १७ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले बैंकको ७७ जिल्लाहरुमा शाखा विस्तार भएको भन्दै बैंकको पहुँच नपुगेको ग्रामीण क्षेत्रमा बैंकको पहुँच पुर्‍याउन प्रमुख प्राथमिकता राखेर आगामी दिनमा काम गर्ने बताए । अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए। उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको जानकारी दिए ।

उनले बैंकले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरिएको बताए। उनले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १ प्रतिशत बानेस शेयर वितरण प्रश्चात बैंकको चुक्तापुँजी ३६ अर्ब १२ करोड ८७ लाख पुग्ने उल्लेख गरे ।

ढकालले गत आर्थिक वर्षमा बैंकको कुल निक्षेप चार खर्ब ६९ अर्ब  र कर्जा तीन खर्ब ७४ अर्ब रहेको दाबी गरे । उनले गत आर्थिक वर्षमा बैंकको ब्याजदर आम्दानी ६६ प्रतिशतले वृद्धि  भएको जानकारी दिए । उनले बैंकले ३५५ वटा शाखा, राजश्व शाखा ६५ लगायत अन्य सबै गरी एक हजार ७२ वटा आउटलेटमार्फत सेवा प्रदान गर्दै आइरहेको बताए। उनले चालु आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकको निक्षेप चार खर्ब ५६ अर्ब, कर्जा तीन खर्ब ७५ अर्ब पुगेको उल्लेख गरे ।

अध्यक्ष ढकालले बैंकले पहिलो त्रैमासमा एक अर्ब २२ करोड बढी मुनाफा कमाएको बताए । उनले कोरियामा बैंकको शाखा खोल्न प्रयास जारी रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार