पूर्व मिस नेपाल श्रृंखलाले कसिन लगनगाँठो

२०८० मंसिर २८, बिहीबार

काठमाडौँ : पूर्व मिस नेपाल श्रृंखला खतिवडा दुलही बनेकी छिन् । आज बिहीबार उनी सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कसेकी छिन् । श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन् ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ । पूर्व मिस नेपालहरूको पनि विवाहमा सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार